नियम ६
लजमा हुनु पर्ने सुविधा
पर्यटक स्तरको लज घटीमा देहाय बमोजिमको सुविधायुक्त हुनु पर्नेछः–
पहिलो संशोधनद्वारा संशोधित ।
(क) सुत्ने कोठामा कम्तीमा पाँचवटा हुनु पर्ने र ती सबैमा पर्याप्त प्राकृतिक प्रकाश
आउन सक्ने र हावा चल्ने हुनु पर्ने ।
(ख) पच्चीस प्रतिशत कोठामा स्नानागार तथा शौचालय संलग्न हुनु पर्ने र अन्य
प्रत्येक चार कोठाको निमित्त एकको हिसावले आवश्यक संख्यामा स्नानागार तथा
शौचालय हुनुपर्ने ।
(ग) सबै कोठाहरूमा आधुनिक फर्निचर र विजुलीको राम्रो प्रबन्ध हुनु पर्ने ।
(घ) सबै कोठाहरू नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनु पर्ने ।
(ङ) स्नानागार तथा शौचालयमा राम्रा र बलिया साधन जडिएको र पर्याप्त मात्रामा
चिसो पानी र तातो पानीको प्रबन्ध हुनु पर्ने ।
(च) स्वागत कक्ष (रिसेप्सन काउण्टर) राम्रोसंग सजाइएको र सकभर टेलिफोनयुक्त
हुनु पर्ने ।
(छ) लुगा धुने राम्रो प्रबन्ध हुनु पर्ने ।
(ज) वरिष्ठ कर्मचारी लज सम्बन्धी ज्ञान भएको र अंग्रेजी बोल्न जान्ने हुनु पर्ने ।
(झ) कर्मचारीहरूको पोशाक सफा सुग्घर र सकभर एकनासको हुनु पर्ने ।
(ञ) सकभर ऋतु अनुसार पंखा वा हिटरको प्रबन्ध हुनु पर्ने ।